नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अधिकारहरू सुनिश्चित गर्न गरिएका व्यवस्थाहरू
सुरक्षित गर्भपतन सम्बन्धी कानुन धेरै केटी वा महिलाहरूमा आफू किशोरी वा युवा अवस्थामा हुँदा नचाहँदा नचाहँदै पनि विभिन्न कारणवश गर्भ रहेको हुन सक्छ । यस्तो अवस्थामा केटी वा महिलाले सुरक्षित तरिकाले कानुनी मान्यता अनुसार गर्भ पतन गराउन पाउँछिन् । नेपालमा सन् २००२ मा गर्भपतनलाई कानुनी मान्यता दिइयो । सबै प्रकारका गर्भलाई १२ हप्तासम्म गर्भ पतन गराउन सकिन्छ । यदि केटी÷महिला १६ भन्दा बढी उमेरकी छिन् भने श्रीमान् वा अभिभावकको अनुमति आवश्यक पर्दैन । तर यदि केटी÷महिला १६ भन्दा मुनिकी छिन् भने उनलाई आफ्ना अभिमावक वा नातेदारको अनुमति वा स्वीकृति आवश्यक पर्दछ । बलात्कार तथा हाडनाता करणी (आफ्नो परिवारभित्रकै सदस्यद्वारा गरिने जबरजस्ती यौन सम्पर्क) को कारण गर्भ रहेमा १८ हप्तासम्मको गर्भ पतन गराउन सकिन्छ । यदि गर्भवती महिलाको जीवन वा उनको शारीरिक मानसिक अवस्था अस्वस्थ छ र महिलाको जीवन खतरामा पर्न सक्छ भन्ने प्रमाणित भयो भने वा गर्भको शिशुमा अपाङ्गता वा असामान्यता देखिएको खण्डमा चिकित्सकको सल्लाह अनुरूप पुरै विकसित भइ सकेको गर्भको पनि गर्भ पतन गराउन सकिन्छ । त्यस्तो अवस्थाको गर्भ पतनमा अनिवार्य रूपमा चिकित्सकको राय र स्वीकृति लिनु पर्छ ।
गर्भको शिशुको लिङ्ग हेरेर छोरी रहिछन् भन्ने आधारमा मात्रै गर्भ पतन गराउँदा, केटी वा महिलालाई आफ्नो इच्छाविना जबरजस्ती गर्भ पतन गराउन लगाउँदा अवैधानीक गर्भपतन भएको मानीन्छ ।
सुरक्षित गर्भ पतन सेवा क्षेत्रीय, अञ्चल र जिल्ला अस्पताल लगायत प्राथमिक स्वास्थ्य सेवा केन्द्रसम्मका स्वास्थ्य संस्थामा उपलब्ध छ । तपाईंलाई सुरक्षित गर्भ पतन सम्बन्धी सूचना विस्तृत रूपमा लिन मन छ भने तपाईंको नजिकको स्वास्थ्य संस्थामा जान सक्नु हुन्छ ।
बलात्कार सम्बन्धी कानुन
बलात्कार भन्नाले “कुनै व्यक्तिले महिलासँग कुनै सल्लाह नगरी महिलाको इच्छा विपरीत जबरजस्ती गरिने यौन सम्पर्क हो" । यस्तो घटनामा सामेल हुनेलाई मुलुकी ऐन, २०२० ले बलात्कार गरेको ठहर्याएमा धेरैमा १५ वर्ष र थोरैमा ५ वर्षसम्मको कैद सजाय तोकेको छ । विवाहित जोडीमा पनि कसैको अनुमतिविना जबरजस्ती यौन सम्पर्क राख्ने प्रयास गरेमा त्यसलाई पनि बलात्कारै मानिएको छ तर दुर्भाग्यवश, दुबै श्रीमान् श्रीमतीले जबरजस्ती सम्भोग गर्ने प्रयास भएमा नेपालको कानुनले ३ देखि ६ महिनासम्मको सजाय मात्र तोकेको छ ।
वैवाहिक कानुन २० वर्ष पुगेका केटा र केटीले आफ्ना अभिभावकको स्वीकृतिविना विवाह गर्न पाउछन् र उनीहरूले दम्पतीका रूपमा कानुनी दर्ता गर्न पनि पाउछन् । त्यसै गरी केटाकेटी १८ वर्षका मात्र छन् भने अभिभावकका सल्लाहमा मात्र केटाकेटीले विवाह गर्न पाउछन्। तर सधै तपाईले के याद गर्नु होस् भने विवाह गर्ने नगर्ने भन्ने निर्णय र आफूले चाहेको व्यक्तिसंग विवाह गर्न पाउनु पर्छ भन्ने कुरा तपाईको अधिकार हो ।
यममाया श्रेष्ठ
ब्यवसायीक तालिम सञ्चालनमा राष्ट्रिय युवा नीति, २०६६ को भावनाबमोजिम युवाको क्षमता विकास गरी उनीहरुलाई...
प्राथमिकता र बिशेष प्राथमिकताको समूहका युवाका लागि क्षमता विकास तालिम कार्यक्रम सञ्चालन भौगोलिक विकट...
मिति २०७१ माघ ५ गते युवा तथा खेलकुद मन्त्रालयले केन्द्रीय युवा सूचना केन्द्रको उदघाटन तथा केन्द्रीय...
सूचना नं. ४/०७१/०७२ युवा बुलेटिनका लागी लेख/रचना उपलब्ध गराउने सम्वन्धी सूचना चालु आ.ब. २०७१/०७२ मा...