मिति २०७१ माघ ५ गते युवा तथा खेलकुद मन्त्रालयले केन्द्रीय युवा सूचना केन्द्रको उदघाटन तथा केन्द्रीय युवा सूचना केन्द्रको वेब साईट www.cyic.gov.np को सुभारम्भ गरेको छ । माननीय युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले आज उक्त केन्द्रीय युवा सूचना केन्द्रको पुस्तकालय कक्ष र कम्प्युटर कक्षको एक कार्यक्रम विच उदघाटन गर्नु भयो ।
प्राथमिकता र बिशेष प्राथमिकताको समूहका युवाका लागि क्षमता विकास तालिम कार्यक्रम सञ्चालन
भौगोलिक विकटता, जातीय, भाषिक, सांस्कृतिक, क्षेत्रीय, वर्गीय तथा लैङ्गिक आधारमा राज्य तथा गैर–राज्यका सेवा सुविधाबाट वञ्चित, सीमान्तकृत तथा राष्ट्रिय विकासकोमूलप्रवाहमा आउन नसकेका अन्य युवाको क्षमता विकास गरीउनिहरुलाई सक्षम बनाउने उद्देश्य अनुरुप युवा तथा खेलकुद मन्त्रालयल ेनिर्देशिका जारी गरी तालिमहरु सञ्चालनमा ल्याएको छ।
स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा
युवालाई आफ्नो मुलुक र समाजप्रति निर्वाह गर्नुपर्ने भूमिका प्रति सकारात्मक र रचनात्मक सोच राख्नेतर्फ सजग गराँउदै राष्ट्रिय युवा नीति, २०६६ ले निर्दिष्ट गरे अनुसार उनीहरुको क्षमतामा वृद्धि गर्ने र युवालाई ग्रामीण क्षेत्रका योजना निर्माण एवम् कार्यान्वयन प्रक्रियामा संलग्न गराइ विकास कार्यमा युवा सहभागितालाई साझेदारीको माध्यमबाट अभिवृद्धि गरेर राष्ट्र विकासमा युवालाई नेतृत्व तहमा स्थापित गर्दै जाने अभिप्रायले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले यो स्थानीय युवा सझेदारी कार्यक्रमको निर्देशिका जारी गरी सवै जिल्लाहरुमा कायक्रम सञ्चालनमा ल्याएको छ । यो कार्यक्रम अन्तरगत सूचना जारी गरी प्रस्तावनाहरु संकलन गरिएको र संकलीत प्रस्तावनाहरुलाई विज्ञहरुको समिति बनाई निर्देशिका अनुसार छनौट गरी हाल सवै स्थानमा कार्यक्रम सञ्चालनमा आएका छन् ।
font-family: 'Mangal', 'serif';कार्यक्रमको
ब्यवसायीक तालिम सञ्चालनमा
राष्ट्रिय युवा नीति, २०६६ को भावनाबमोजिम युवाको क्षमता विकास गरी उनीहरुलाई स्वदेशी र विदेशी श्रम बजारमा दक्ष कामदारका रुपमा सुस्थापित गराउन एवं स्वदेशमा उपलव्ध स्वरोजगारका अवसर अनुसारका सीप र उद्यमशीलता सम्बन्धी तालिम प्रदान गरी सफल व्यवसायीको रुपमा स्थापित गर्न सहयोग पु¥याउने प्रकृतिका प्रशिक्षण÷तालिम प्रदान गर्न वाञ्छनीय भएकोले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले निर्देशिका जारी गरी विभिन्न विषयहरुमा ब्यवसायीक तालिम सञ्चालनमा ल्याएको छ ।
यस तालिम कार्यक्रमको उद्देश्यहरु देहाय बमोजिम रहेका छन् ः–
(क) युवालाई स्वरोजगार श्रृजना गर्न सहयोग पु¥याउने प्रकृतिका तालिमका अवसरहरुको व्यवस्था गरी आत्मनिर्भरतातर्फ अग्रसर हुन प्रेरित गर्नु ।
(ख) युवालाई अतिरिक्त वृत्ति विकासको अवसर जुटाई देशमा बढ्दै गएको युवा बेरोजगारी न्यूनीकरण गर्ने सरकारको लक्ष्य प्राप्तिमा सहयोग गर्नु ।
(घ) युवाशक्तिलाइ अनुशासित, नैतिकवान र क्षमतावान बनाउन मद्दत गर्नु ।
(ङ) स्वदेशी र वैदेशिक श्रम बजारको आवश्यकता अनुसारको जनशक्ति तयार गरी उनीहरुको आय आर्जनमा अभिवृद्धि गर्नमा सहयोग पु¥याउनु ।
तािलम÷प्रशिक्षणका क्षेत्रहरूः–
तालिम÷प्रशिक्षणका सम्भावित क्षेत्रहरु देहाय बमोजिम हुनेछन् ः–
(क) छोटो अवधिको जिविकोपार्जन सम्बन्धी तालिम/प्रशिक्षण
(ख) सीप विकास तालिम/प्रशिक्षण
(ग) उद्यमशीलता विकास तालिम
font-family: 'Mangal';
ब्यवसायीक तालिम सञ्चालनमा राष्ट्रिय युवा नीति, २०६६ को भावनाबमोजिम युवाको क्षमता विकास गरी उनीहरुलाई...
प्राथमिकता र बिशेष प्राथमिकताको समूहका युवाका लागि क्षमता विकास तालिम कार्यक्रम सञ्चालन भौगोलिक विकट...
मिति २०७१ माघ ५ गते युवा तथा खेलकुद मन्त्रालयले केन्द्रीय युवा सूचना केन्द्रको उदघाटन तथा केन्द्रीय...
सूचना नं. ४/०७१/०७२ युवा बुलेटिनका लागी लेख/रचना उपलब्ध गराउने सम्वन्धी सूचना चालु आ.ब. २०७१/०७२ मा...