बैदेशिक रोजगारमा जाने कामदारले जान्नै पर्ने कुराहरु
- केहीसीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानी बुझी मात्र जानुपर्दछ।
- लाग्ने खर्च, प्राप्तहुने आम्दानीका वारेमा तुलना गरि लाभ हुने काममा मात्र जानुपर्दछ।
- घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानुपर्दछ।
- बैदेशिक रोजगार बिभागवाट श्रमस्वीकृति लिएर मात्र बैदेशिक रोजगारमा जानुपर्दछ ।
- बैदेशिक रोजगारमा जाँदा दुर्घटनामा परी मृत्यू वा अंगभंग हुन सक्दछ। विमा गर्दा कामदारलाई र उस्को परिवारलाई आर्थिक सहयोग प्राप्त हुन्छ।
- बैदेशिक रोजगारमा जाँदा विस्वासिलो र भरपर्दो मेनपावर कम्पनी मार्फत जानुपर्छ ।व्यवसायिक वा Visit भिसामा जानु हुदैन । जानीजानी गलत कागजात बनाई जानुहुँदैन।
- घरपरिवारसँग सल्लाह गरि मानसिक रुपमा तयार हुनु पर्दछ।
- बैदेशिक रोजगारमा जानका लागि पैसा बुझाए पछि व्यहोराखुलाई भरपाई लिनुपर्दछ ।कतिखर्च लाग्छ राम्ररी बुझनु पर्छ।कुनै एजेन्ट वा कम्पनीले भरपाई दिन आनाकानी गरेमा ठगिकै नियत भएको बुझ्नुपर्छ ।
- स्वदेशी विमानस्थलवाट मात्र जानुपर्दछ ।अन्य छिमेकी देशको बाटो गरेर जानुहुँदैन। बेचिन वा ठगीमा पर्न सकिन्छ।
- आफू जाने देशको भौगोलिक स्थिति, हावा पानी रहन, सहन, धर्म, कानून, काम गर्ने वातावरण आदि वारेमा सामान्य जानकारी लिनुपर्छ। यस्का लागिपूर्व प्रस्थान अभिमूखीकरण तालीम अनिवार्य रुपमा लिनु पर्दछ।
- बैदेशिक रोजगारमा जाँदा आवश्यक सवै कागजातहरुको एक एक प्रति आफू र परिवारको साथ मा राख्नु पर्छ।
- बैदेशिक रोजगारको क्रममा ठगिमा परे बैदेशिक रोजगार बिभागमा उजुरी गर्नुपर्दछ ।
- बैदेशिक रोजगार सम्वन्धी कुनै पनि सूचना जानकारीका वारेमा बुझ्नु परेमा बैदेशिक रोजगार बिभाग र बैदेशिक रोजगार प्रवर्द्धन वोर्डको सचिवालयको ठेगानामा सर्म्पर्क गरीबुझ्न सकिन्छ।
- आमसंचार माध्यमले प्रकाश नगरेको बैदेशिक रोजगारको सूचना/ विज्ञापन सहिभए नभएको बुझ्नुपर्दछ ।गलत विज्ञापन गरी पैसा उर्ठाई ठगि गर्न सक्दछन ।
- सरकारले निषेध गरेको देशमा र काममा जानुहुदैन ।
बैदेशिक रोजगारका लागि गएका कामदारले ध्यान दिनुपर्ने कुराहरु
- कामगर्न जाने मूलुकको नेपाली राजदूतावास, श्रम सहचारी, संघ गैर आवासीय नेपाली एवं नेपाली संघ संस्था आदिको सर्म्पर्क ठेगाना फोन आफ्नो साथमा राख्नुपर्छ ।अप्ठ्यारोर कठीनाई पर्दा सर्म्पर्क गर्न सजिलो हुन्छ ।
- बिदेशमा रहदा नेपाली राजदूतावास, नेपाली संघसंस्थार आफ्नो घरपरिवारको नियमित सर्म्पर्कमा रहनुपर्दछ ।यसोगर्दा अप्ठारो पर्दा उद्धार गर्न सजिलो हुन्छ ।मानसिक तनाव न्यून गर्न सकिन्छ ।
- काम गरिरहेको वा कामगर्न गएको कम्पनी छोडी अन्यत्र कामगर्न जानुहुदैन। कतिपय देशमा यस्तो गरेमा गैरकानूनी भइन्छ, जेल सजाय पनिहुन सक्दछ।
- करार अवधि सकिएपछि स्वदेश फर्किएर पुन बीमा गराई श्रमस्वीकृति लिएर जानुपर्छ, अन्यथा दुर्घटना पर्दा बीमार अन्य आर्थिक सहायताको सुविधा पाइदैन।
- सम्झौता गरेको भन्दा फरक कम्पनीमा, फरक काममा, कम पारिश्रमिकमा काम लगाएको छ भनेतुरुन्त नेपाली दूतावास, बैदेशिक रोजगार बिभागमा उजुरी गर्नुपर्छ। आफू खुसी अन्यत्र काम गर्न जानु हुँदैन।
- कोठामा बस्दा वासुत्दाए.सी.को सही किसिम वाट प्रयोग गर्नु पर्दछ। थाहा नभएको काम कुरा सिकेर जानेर मात्र गर्नुपर्दछ।
- कमाएको पैसाको फजुल खर्च गर्नु हुंदैन, बचाएको पैसा बैंकिङ्ग च्यानलवाट पठाउनु पर्छ, व्यक्तिगत तवरवाट र हुण्डी वाट पठाउदा जोखिम -खतरा हुन्छ ।
- आफ्नो स्वास्थ्य र क्षमताको ख्याल गरेर काम गर्नुपर्छ, क्षमता भन्दाबढी ओभरटाइम काम गर्नु हुंदैन।
- खासगरी खाडि मुलुकमा जाँदा पान मसाला, पराग, मर्चातथा अन्य सुर्तिजन्य पदार्थ, मदिरा लैजानर र्सार्वजनिक स्थानमा प्रयोग गर्नप् रतिवन्ध छ ।यस्ता सामान लुकाई लगेमा, विक्रि गरेमा वा प्रयोग गरेमा कडा सजाय हुन्छ। जाँड रक्सी र लागू पदार्थ जस्ता कुलतमा लाग्नु हुँदैन।
- सम्वन्धित मुलुकको, कम्पनीको नियमको पालना गर्नुपर्छ, अरुको धर्म संस्कृतिको सम्मान गर्नु पर्दछ । अनावश्यक झै झगडा र अरुको उक्साहटमा हडतालमा उत्रनु हुँदैन।
- सम्वन्धित देशको ट्राफिक नियम वुझ्ने र पालना गर्नु पर्दछ।
सर्वधिकर © वैदेशिक रोजगारप्रवर्द्धनवोर्ड
वैदेशिक रोजगार नीति पदनका लागि यहाँ क्लीक गरी डाउनलोड र्गेन सक्नुहुनेछ ।
ईजाजत पत्रवाला संस्थाहरु सूचीको लागि यहाँ क्लीक गरी डाउनलोड र्गेन सक्नुहुनेछ ।
कतार जाने नेपाली को पारिश्रमिकको विवरण बुझनका लागि यहाँ क्लीक गरी डाउनलोड र्गेन सक्नुहुनेछ ।
खुल्ला गरिएका देशहरु जानकारि बुझनका लागि यहाँ क्लीक गरी डाउनलोड र्गेन सक्नुहुनेछ ।
बैदेशिक रोजगारका लागि लाग्ने खर्च बुझनका लागि यहाँ क्लीक गरी डाउनलोड र्गेन सक्नुहुनेछ ।
स्वस्था परिक्षण संस्थाहरुको सूचीको लागि यहाँ क्लीक गरी डाउनलोड र्गेन सक्नुहुनेछ ।
बैदेशिक रोजगारी सम्वन्धी बृस्तीत जानकारीको लागि यहाँ क्लीक गरी बैदेशिक रोजगारी प्रर्वद्धन बोर्डको साईड जान सक्नुहुनेछ ।