You are here: गृहपृष्‍ठहाम्रो बारेमापृष्ठभूमि

Download

नेपाल सरकारले युवालाई परिभाषित गर्दै राष्ट्रिय युवा नीति २०६६ जारी गरेको थियो । उक्त नीतिमा युवाका धेरै सवालहरु समेट्दै युवाका क्षेत्रमा काम गर्न केहि महत्वपूर्ण निकायहरुको परिकल्पना गरेको छ । यसै अन्तर्गत सूचना प्रवाहगरी युवाहरुलाई सहि मार्गदर्शन गर्दै राष्ट्र निर्माणमा अग्रणी भूमिका खेल्न प्रेरीत गर्न नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले ७५ वटै जिल्लामा युवा सूचना केन्द्र स्थापना गरी काम गर्दै आएको छ । युवा सूचना केन्द्र यस मन्त्रालयको युवाको क्षेत्रमा काम गर्न जिल्ला तहको सम्पर्क निकाय भनेको युवा सूचना केन्द्र मात्र हो । हाल सवै जिल्लामा युवा सूचना केन्द्रहरु जिल्ला खेलकुद विकास समितिको मातहतमा सञ्चालनमा आएको छ ।


सूचना केन्द्रहरुको स्तर बृद्धि गर्दै लाने क्रममा सेभ द चिल्ड्रेन, युवा गैरसरकारी संस्था महासंघ, युवा संस्था 'यात्रा' र हाललाई  रेष्टलेस डेभलवमेन्ट नेपाल जस्ता निकायहरुसंग सहकार्य भएको र भई रहेको छ ।मन्त्रालयको तर्फबाट पनि थप लगानी गर्दै यस बर्ष १५ जिल्लाका सूचना केन्द्रहरुलाई ब्यवस्थित गर्ने कार्य गर्दै आएको छ । साथै मन्त्रालयले यस बर्षबाट केन्द्रीय स्तरको युवा सूचना केन्द्र बनाउने तयारी गरिरहेको छ ।


मन्त्रालयले युवा सूचना केन्द्रहरुलाई ब्यवस्थित गर्न युवा सूचना केन्द्र सञ्चालन तथा ब्यवस्थापन निर्देशिका जारी गरी निर्देशिकाले निदृष्ट गरेको ब्यवस्था अनुसार सूचना केन्द्रहरु संचालन भइरहेको छ । साथै युवा सूचना केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्न रणनीति पत्रको तयारी गर्ने काम समेत भइरहेको छ ।

 

केन्द्रीय युवा सूचना केन्द्र, युवा तथा खेलकुद मन्त्रालयद्धारा संचालित केन्द्रीय स्तरको युवा मैत्री सूचना केन्द्र हो । युवाहरुको ज्ञान, सीप र क्षमता विकासका लागि राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा उपलब्ध सूचनाहरु प्रभावकारी रुपमा सकंलन, ब्यवस्थापन तथा प्रवाह गर्न एवं त्यस्ता सूचनाहरुको अधिकतम उपयोग गर्न युवाहरुलाई अभिप्रेरित गरी उनीहरुको सर्वाङ्गीण विकासमा सघाउ पुर्याउने उदेश्यका साथ स्थापना भएको छ ।

 

केन्द्रीय युवा सूचना केन्द्र मार्फत युवाहरुको सर्वाङ्गीण विकासका लागि बिशेषगरी एच.आई.भी/एड्स, शान्ति र युवा, साना उधोग तथा रोजगारीका अवसरहरु, बैदेशिक रोजगार, प्रजनन् स्वास्थ्य र यौनिक शिक्षाका शैक्षिक सामाग्रीको साथै युवा लक्षित कार्यक्रमका सूचना, छात्रवृद्धि अवसरहरु, रोजगारीका जानकारीहरु हासिल गर्न सकिनेछ । केन्द्रीय युवा सूचना केन्द्रमा पुस्तकालय, कम्प्युटर, टेलिफोन, फोटोकपी, सेवा पनि उपलब्ध छ ।

सरकारी सूचना

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा

स्थानीय युवा सझ...

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा युवालाई आफ्नो मुलुक र समाजप्रति...

2.png
3.png
1.png