युवा सूचना केन्द्र संचालन तथा व्यवस्थापन निर्देशिका– २०७०
(नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयबाट मिति २०७०।०१।२९ मा स्वीकृत)
प्रस्तावना
युवाहरुको ज्ञान, सीप र क्षमता विकासका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा उपलव्ध उपयोगि सूचनाहरु युवा सूचना केन्द्र मार्फत प्रभावकारी रुपमा संकलन, व्यवस्थापन तथा प्रवाह गर्ने एवं त्यस्ता सूचना सामाग्रीहरुको अधिकतम उपयोग गर्न युवाहरुलाई अभिप्रेरित गरी उनीहरुको सर्वाङ्गिण विकासमा सघाउ पु-र्याउने उद्देश्यले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले यो निर्देशिका जारी गरेको छ ।
परिच्छेद १
प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ संक्षिप्तः (१) यो निर्देशिकाको नाम ‘युवा सूचना केन्द्र संचालन तथा व्यवस्थापन निर्देशिका–२०७०’ रहेको छ ।
(२) यो निर्देशिका स्वीकृत भएको मितिबाट लागू हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा
(क) “मन्त्रालय” भन्नाले युवा तथा खेलकुद मन्त्रालय सम्झनु पर्छ ।
(ख) “युवा सूचना केन्द्र” भन्नाले नेपाल सरकार, युवा तथा खेलकुदमन्त्रालयद्धारा जिल्लाहरुमा स्थापना गरिएको युवा सूचना केन्द्र सम्झनुपर्छ र यो शब्दले नमूना युवा सूचना केन्द्रलाई समेत जनाउने छ ।
(ग) “स्थानीय निकाय” भन्नाले जिल्ला विकास समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ विकास समिति सम्झनु पर्छ ।
(घ) “संस्था” भन्नाले प्रचलित कानून बमोजिम स्थापना भएका सरकारी वा गैर–सरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था सम्झनु पर्छ ।
परिच्छेद–२
युवा सूचना केन्द्र तथा नमूना युवा सूचना केन्द्र सम्वन्धी व्यवस्था
३. युवा सूचना केन्द्रको व्यवस्था: मन्त्रालयले प्रत्येक जिल्लामा युवा सूचना केन्द्र स्थापना गर्न सक्नेछ ।
४. युवा सूचना केन्द्रमा रहने पूर्वाधार: जिल्लामा स्थापित युवा सूचना केन्द्रमा स्रोत साधनको उपलब्धताका आधारमा देहाय अनुसारका पूर्वाधारहरुको व्यवस्था गर्न सकिनेछ ।
(क) कार्यकक्ष ।
(ख) कम्प्युटर, टेलिफोन, फोटोकपी, फ्याक्स ।
(ग) कम्तिमा दुईवटा राष्ट्रिय स्तरको दैनिक पत्रिका नियमित रुपमा उपलब्ध हुने व्यवस्था ।
(घ) पुस्तकालय ।
५. नमूना युवा सूचना केन्द्रको व्यवस्था: (१) मन्त्रालयले जिल्लामा स्थापना गरेका युवा सूचना केन्द्रहरु मध्यबाट देहायका पूर्वाधार पुरा गरेका युवा सूचना केन्द्रलाई नमूना युवा सूचना केन्द्र तोक्न सक्नेछ ।
(क) इन्टरनेट सेवा ।
(ख) २ वा सो भन्दा बढी राष्ट्रिय स्तरका दैनिक पत्रपत्रिकाहरु नियमित रुपमा उपलब्ध हुने व्यवस्था ।
(ग) युवाहरुको लागि शारिरीक तन्दुरुस्ती र संगीतका साधन एवं खेल सामग्री ।
(घ) सूचना अपलोड र डाउनलोड गर्न सक्ने सफ्टवेयरको व्यवस्था ।
युवा सुचना केन्द्र संचालन तथा व्यवस्थापन निर्देशिका – २०७० को लागि यहाँ क्लीक गर्नुहोस ।
ब्यवसायीक तालिम सञ्चालनमा राष्ट्रिय युवा नीति, २०६६ को भावनाबमोजिम युवाको क्षमता विकास गरी उनीहरुलाई...
प्राथमिकता र बिशेष प्राथमिकताको समूहका युवाका लागि क्षमता विकास तालिम कार्यक्रम सञ्चालन भौगोलिक विकट...
मिति २०७१ माघ ५ गते युवा तथा खेलकुद मन्त्रालयले केन्द्रीय युवा सूचना केन्द्रको उदघाटन तथा केन्द्रीय...
सूचना नं. ४/०७१/०७२ युवा बुलेटिनका लागी लेख/रचना उपलब्ध गराउने सम्वन्धी सूचना चालु आ.ब. २०७१/०७२ मा...