Download

युवा सूचना केन्द्र के हो ?
युवाहरुको बृद्धि विकास गरी राष्ट्रको मुलधारमा ल्याउन उनिहरुलाई आवश्यक सूचना प्रवाह गर्न साथै युवा तथा खेलकुद मन्त्रालयको स्थानीय तहमा गतिविधिहरु सञ्चालन गर्ने निकाय युवा सूचना केन्द्र हो ।


युवा सूचना केन्द्रहरु कस्ले सञ्चालनमा ल्याएको हो ?
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले युवा सूचना केन्द्रहरु सञ्चालनमा ल्याएको हो ।


युवा सूचना केन्द्रहरु कहाँ कहाँ छन् ?

युवा सूचना केन्द्रहरु सवै जिल्लाहरुमा छन् । यो केन्द्रहरु जिल्ला स्थीत खेलकुद विकास समिति अन्तर्गत यसै समितिको कार्यालयमा सञ्चालित छन् ।


युवा सूचना केन्द्रमा कस्ता कस्ता सूचनाहरु पाइन्छ ?
युवाहरुलाई आवश्यक रोजगारी, स्वास्थ, शिक्षा जस्ता विषयहरुसंग सम्वन्धित सूचनाहरु र जानकारीहरु युवा सूचना केन्द्रमा पाइन्छ ।


युवा सूचना केन्द्रले कस्ता कस्ता कार्यक्रमहरु गर्छन् ?
युवा सूचना केन्द्रले युवा तथा खेलकुद मन्त्रालयको जिल्ला मार्फत सञ्चालन गर्नु पर्ने सवै युवाका कार्यक्रमहरु सञ्चालन गर्ने तथा मन्त्रालयलाई सहयोग गर्ने गर्छ । हाल स्थानीय युवा साझेदारी जस्ता कार्यक्रमहरु सञ्चालनमा रहेको छ । साथै युवाहरुको सरोकारको विषयहरुमा अन्तरकृया, छलफल, तथा तालिमहरु पनि सञ्चालन गर्ने गर्छ ।


युवा सूचना केन्द्रमा आवद्ध हुन के गर्नु पर्छ ?
आफुलाई पायक पर्ने जिल्लाका युवा सूचना केन्द्रहरु मार्फत सेवा लिन कुनै आवद्धताको आवश्यक पर्दैन । सिधा सम्पर्क गरी सूचना केन्द्रको सेवा सुविधा उपभोग गर्न सकिन्छ ।


युवा सूचना केन्द्रबाट सेवा सुविधा लिन वा आवद्ध हुन शुल्क तिर्नु पर्छ कि पर्दैन ? पर्छ भने कति पर्छ ?
युवा सूचना केन्द्रको सेवा सुविधा लिन वा आवद्ध हुन कुनै शुल्क तिर्नु पर्दैन ।


युवा सूचना केन्द्रको उपयोग गर्न कस्लाई सम्पर्क गर्नु पर्छ ?
सवै युवा सूचना केन्द्रहरुमा सूचना केन्द्र सञ्चालन गर्न कर्मचारीको ब्यवस्था भएकोले कर्मचारी वा जिल्ला स्थीत जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

सरकारी सूचना

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा

स्थानीय युवा सझ...

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा युवालाई आफ्नो मुलुक र समाजप्रति...

2.png
3.png
1.png