You are here: गृहपृष्‍ठसफलताको कथाActivitiesकेन्द्रीय युवा सूचना केन्द्रको उदघाटन

Download

मिति २०७१ माघ ५ गते युवा तथा खेलकुद मन्त्रालयले केन्द्रीय युवा सूचना केन्द्रको उदघाटन तथा केन्द्रीय युवा सूचना केन्द्रको वेब साईट www.cyic.gov.np को सुभारम्भ गरेको छ । माननीय युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले आज उक्त केन्द्रीय युवा सूचना केन्द्रको पुस्तकालय कक्ष र कम्प्युटर कक्षको एक कार्यक्रम विच उदघाटन गर्नु भयो ।

उदघाटन मन्तव्यका क्रममा युवाहरुको चौतर्फि विकासका लागि सूचनाको महत्वपुर्ण भूमिका रहने उल्लेख गर्दै युवा तथा खेलकुद मन्त्रालयले देश भरिका युवाहरुलाई सहजरुपमा युवा उपयोगी सूचनाहरु उपलब्ध गराउने उदेश्यले केन्द्रीय युवा सूचाना केन्द्रका अलावा पचहत्तरै जिल्लामा युवा सूचनाक केन्द्र स्थापना गरी कार्य अगाडि बढाईरहेको बताउनु भयो । साथै उहाले मन्त्रालयको यस अभियानमा सहयोग पुर्याउन सबै युवा सम्वद्ध सघंसंस्था तथा संचारजगतलाई आग्रह समेत गर्नु भयो । कार्यक्रममा अध्यक्षको आसन ग्रहण गर्नु भएका मन्त्रालयका सह सचिव चुडामणि पौडेलले युवा परिषद ऐन पारित भै युवा परिषद गठन भए पछि युवा सूचना केन्द्रहरु अझ सुदृढ हुदै जाने बताउनु भयो । पुस्तकालयमा युवाहरुका लागि उपयोगी पुस्तकहरु तथा राष्ट्रिय स्तरका पत्रपत्रिकाहरु रहेका छन भने कम्प्युटर कक्षमा ७ वटा कम्प्युटर, प्रिन्टर, इन्टरनेट सुविधा उपलब्ध छ । केन्द्रीय युवा सूचना केन्द्रको सुदृढीकरणमा मन्त्रालयलाई सेभ द चिल्ड्रेनबाट कम्प्युटर, पुस्तकहरु लगाएतका सहयोगहरु प्राप्त भएको जानकारी कार्यक्रममा दिईयो ।  कमलपोखरी स्थित लोक सेवा भवन परिसर भित्र रहेको उक्त केन्द्रीय युवा सूचना केन्द्रमा जोसुकैले कार्यालय समय भित्र सेवा लिन तथा उपयोग लिन सक्नेछन । मन्त्रालय स्रोतका अनुसार केन्द्रीय युवा सूचाना केन्द्रले युवा सूचना केन्द्रमा गएर सूचना लिन नभ्याउनेहरुका लागि इमेल बाट पनि माग गरिएका सूचना तथा सामाग्रीहरु उपलब्ध गराउने उदेश्य राखी यसको संचालन गरिएको हो । यसका साथै युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत ७५ जिल्लामा स्थापना भएका युवा सूचना केन्द्रहरुको अग्रणी सूचना केन्द्रको रुपमा केन्द्रीय सूचना केन्द्रलाई विकसित गरी आवश्यक सूचनाहरु केन्द्रको वेब साईड www.cyic.gov.np बाट सबै जिल्लाले उपयोग गर्ने गरी समन्वय तथा सम्वन्ध स्थापित गर्ने उदेश्य रहेको मन्त्रालयका तथ्याङ्क तथा सूचना शाखाका उपसचिव महेन्द्र पौड्यालले वताउनु भयो । मन्त्रालयले उक्त केन्द्रीय युवा सूचना केन्द्रको अधिकतम उपयोग गर्न सबै युवाहरुलाई आह्वान गरेको छ । साथै यस सूचना केन्द्रलाई थप सुदृढ बनाउन आवश्यक सल्लाह सुझाव र सहयोगको अपेक्षा समेत गरेको छ ।

सरकारी सूचना

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा

स्थानीय युवा सझ...

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा युवालाई आफ्नो मुलुक र समाजप्रति...

2.png
3.png
1.png