You are here: गृहपृष्‍ठसफलताको कथाyicnepalNews युवा बुलेटिनका लागी लेख/रचना उपलब्ध गराउने सम्वन्धी सूचना

Download

सूचना नं. ४/०७१/०७२ युवा बुलेटिनका लागी लेख/रचना उपलब्ध गराउने सम्वन्धी सूचना

चालु आ.ब. २०७१/०७२ मा यस मन्त्रालयले मन्त्रालय र अन्तर्गत निकायका गतिविधिहरुका साथै युवा उपयोगी तथा युवा लक्षित लेख रचनाहरु समाबेश गरी युवा बुलेटिन प्रकाशन गर्न लागेको हुँदा युवासँग सम्वन्धित र सान्दर्भिक तपसिल अनुसारका लेख/रचनाहरु तयार गरी २०७१ पौष मसान्तभित्र यस शाखामा रचनाको Hard Copy तथा Electronic Copy उपलब्ध गराईदिनुहुन सम्वन्धित सवै सरोकारवालाहरुमा अनुरोध छ । यस सम्वन्धमा थप जानकारीका लागी फोन.न. ०१- ४४१६७५८ मा सम्पर्क गर्न सकिने ब्यहोरा समेत जानकारी गराईन्छ ।

तपसिल

१. लेख रचना A4 साईजको कागजमा एकापट्टि मात्र सफा अक्षरमा लेखिएको वा प्रिति फन्टमा टाईप गरिएको कम्तिमा ४ पेजको हुनु पर्नेछ।

१. लेख रचनाहरु मुख्युतया निम्न विषयहरुमा केन्द्रीत रहनुपर्नेछ -

१. युवा विकास / परिचालन / सहभागिता एवम् युवाहरुले गरेका उदाहरणीय कार्यहरु / युवाहरुका सफलताका कथाहरु ।

२. युवा वर्गको दायित्व/समस्या/चुनौति, समस्या समाधानका उपायहरु र भावी कार्यदिशा ।

३. अन्तराष्ट्रिय क्षेत्रमा भएका युवासँग सम्वन्धित गतिबिधिहरु र सो संग सम्वन्धित जानकारीहरु ।

४. युवा बर्गका लागी लाभदायक आध्यात्मिक/दार्शनिक प्रकृतिका वा नैतिक शिक्षा प्रदान गर्ने किसिमका लेख रचनाहरु ।

५. युवाहरुमा उत्प्रेरणा एवं सकारात्मक सोच बढाउने रचनाहरु ।

६. युवा सम्वन्धमा भएका अध्ययन अनुसन्धान एवम् खोजमुलक जानकारीका साथै युवा र खेलकुदसँग सम्वन्धित वा उपयोगी हुने अन्य कुनै लेख रचनाहरु ।

 ७. लेख रचना प्रकाशन गर्ने/नगर्ने वा काँटछाँट गर्ने सम्पूर्ण अधिकार सम्पादन मण्डलमा निहित हुनेछ ।

८. प्राप्त भएका लेख रचना प्रकाशनार्थ छनौट नभएमा फिर्ता गरिने छैन ।

९. प्रकाशित लेख रचनालाई निर्णायानुसार पारिश्रमिकको व्यवस्था गरिनेछ ।

सरकारी सूचना

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा

स्थानीय युवा सझ...

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा युवालाई आफ्नो मुलुक र समाजप्रति...

2.png
3.png
1.png